• ३ असोज २०८३, शनिबार
  • ४ः०३ बेलुका

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने : मन्त्री रावल

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०५:१५

३ असार २०८३ काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने जानकारी दिएकी छन्।

National Life

आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले लालपुर्जा वितरणसम्बन्धी काम सुरु भइसकेको र अब असारको तेस्रो साताबाट औपचारिक रूपमा वितरण प्रक्रिया अघि बढाइने बताइन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीलाई लालपुर्जा उपलब्ध हुन्छ कि हुँदैन भन्ने विषयमा प्रश्न उठाउँदै हाल काठमाडौंमा सुकुमवासीहरूलाई विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँको व्यवस्थापनसमेत कमजोर रहेको उल्लेख गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले व्यवस्थापन गर्न नसक्ने अवस्थामा उनीहरूलाई पहिलेकै स्थानमा पुनःस्थापना गर्न सकिने विकल्पसमेत अघि सारेका थिए।जवाफमा मन्त्री रावलले सरकारले भूमि व्यवस्थापनसम्बन्धी कामलाई अघि बढाइसकेको र असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु हुने स्पष्ट गरिन्।

उनका अनुसार यसअघि भूमि आयोगमार्फत हुँदै आएको कामलाई निरन्तरता दिँदै हाल सरकारले भूमि सम्बन्धी समिति गठन गरी सुकुमवासी व्यवस्थापनको कामलाई अघि बढाइएको छ।

प्रतिकृया