माउण्ट एभरेष्ट पावरको आईपीओ आजदेखि बिक्रीमा
प्रकाशित मिति
२०८३ असार ३ गते, बुधबार ११:१७
३ असार २०८३ काठमाडौं – माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो। यस आईपीओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्काशनको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। माउण्ट एभरेष्ट पावरले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीका अध्यक्ष अर्जुन पौडेल रहेका छन्।




प्रतिकृया