मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री शाह
प्रकाशित मिति
२०८३ भाद्र ३ गते, बुधबार ०५:४४
३ भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्रमुख काम तथा अपेक्षित उपलब्धि समेटिएका छन्। सम्झौताले चालु आर्थिक वर्षमा मन्त्रालयहरूले प्राथमिकताका साथ अघि बढाउनुपर्ने कार्यक्रम तथा हासिल गर्नुपर्ने नतिजालाई स्पष्ट गर्ने जनाइएको छ।

यसैबीच, बुधबार नै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।





प्रतिकृया