• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

दिल्लीमा आज भाजपा नेताहरूसँग रवि लामिछानेको भेटवार्ता

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार १०:२४

१९ जेठ २०८३ काठमाडौं – रवि लामिछाने ले आज भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन्। भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीन लगायत नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अनुसार भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, राजनीतिक दलहरूको अनुभव आदानप्रदान, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहनेछ।

Kamana Sewa

लामिछानेको भारत भ्रमणलाई नेपाल–भारतबीच राजनीतिक दलस्तरको संवाद र सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Classic Tech Desktop

प्रतिकृया