• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार ११:०१

१२ जेठ २०८३ काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिले सोमबार सूचना जारी गर्दै विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको हो।

समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नाम समावेश भएका ऋणीलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

Kamana Sewa

त्यस्तै हालसम्म ऋण नतिरेका ऋणीलाई काठमाडौंको बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी बाँकी रकम यथाशीघ्र चुक्ता गर्न निर्देशन दिइएको छ।

Classic Tech Desktop

समितिले तोकिएको अवधिभित्र ऋण नतिरे कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने तथा असुलउपर गरिने चेतावनी समेत दिएको छ।

प्रतिकृया