• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

नीति तथा कार्यक्रममाथि आज पनि संसद्मा बहस, प्रधानमन्त्रीको उपस्थितिमाथि अन्योल

प्रकाशित मिति

२०८३ बैशाख ३१ गते, बिहीबार ०९:२९

३१ बैशाख २०८३ काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने कार्यसूची रहेको छ ।

राष्ट्रपति  रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रम पेस गर्न सदनमा उपस्थित नभएपछि प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।

Kamana Sewa

आजको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने उल्लेख गरिएको छ । तर, उनी आजको बैठकमा सहभागी हुने वा नहुनेबारे अझै स्पष्ट भएको छैन ।

Classic Tech Desktop

बुधबार प्रधानमन्त्री अनुपस्थित भएपछि अर्थमन्त्रीमार्फत प्रक्रिया अघि बढाउने प्रयास गरिएको थियो । उक्त कदमको प्रतिपक्षी दलहरूले विरोध गरेका थिए । आजकै बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्नेछ । उक्त बैठकमा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।

प्रतिकृया