• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

माउन्ट एभरेष्ट पावरको स्थानीयलाई आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ बैशाख ३१ गते, बिहीबार ०९:४५

३१ बैशाख २०८३ काठमाडौं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको कम्पनीले त्यसमध्ये ८ लाख ६० हजार कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको हो ।

Kamana Sewa

कुल निष्काशनमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का अति प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार कित्ता भने वडा नम्बर १ र २ बाहेक सोलुदुधकुण्ड नगरपालिकाका अन्य वडाका स्थायी बासिन्दामा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

Classic Tech Desktop

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईएमबि एस क्यापिटलले गरिरहेको छ ।

प्रतिकृया