• ४ साउन २०८३, सोमबार
  • ८:३३ बेलुका

प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संसद बैठकमा नजाने, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

प्रकाशित मिति

२०८३ बैशाख ३१ गते, बिहीबार ११:३७

३१ बैशाख २०८३ काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह आज पनि प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएका छन् । आज बिहान ११ बजेदेखि बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको जवाफ तथा पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयले कार्यसूची संशोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने तालिका सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुखसँग रुलिङको माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

Kamana Sewa

प्रधानमन्त्री अनुपस्थित भएकै कारण बुधबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया