• ४ साउन २०८३, सोमबार
  • ११:४१ बेलुका

नेप्सेमा ८३ अंकको उछाल, सबै उपसूचक हरियो

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार ०५:११

२३ चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ८३.३३ अंकले बढेर २७६०.०२ बिन्दुमा पुगेको छ। आज ३४५ कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर किनबेच हुँदा कुल १० अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ। वाणिज्य बैंक समूह ३.१८ प्रतिशत, विकास बैंक समूह ३.६३ प्रतिशत र फाइनान्स समूह ४.०३ प्रतिशतले बढेका छन्।

Kamana Sewa

कारोबारमा २६४ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ३ कम्पनीको मात्र घटेको छ, जसले बजारमा व्यापक सकारात्मक माहोल देखाएको छ।

Classic Tech Desktop

प्रतिकृया