• ६ असोज २०८३, मंगलबार
  • ६ः४१ बेलुका

एमालेद्वारा सरकारलाई विधिको शासन र अधिकार सुनिश्चित गर्न खबरदारी गर्ने घोषणा

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार ०१:२५

२३ चैत,२०८२ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको छ। संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकपछि एमालेले उक्त धारणा सार्वजनिक गरेको हो।

National Life

पार्टीका नेता गुरु बराल ले विधिको शासन अन्तर्गत कानुनको पूर्ण पालना हुने विषयमा आफूहरू सहमत रहेको बताउँदै त्यसको सुदृढीकरणमा लाग्ने उल्लेख गरे। उनले कानुनको उल्लंघन हुने वा विधिको शासनमा प्रश्न उठ्ने विषय गम्भीर भएको भन्दै त्यस्ता मुद्दामा आवाज उठाइने बताए। साथै, संविधानप्रदत्त नागरिकका मौलिक, राजनीतिक तथा समानताको हकको सुनिश्चितताका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने उनको भनाइ छ।

नेता बरालले सरकारले कुनै प्रकारको अवरोध सिर्जना गरेमा पार्टी त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया