• ४ साउन २०८३, सोमबार
  • ७:४४ बेलुका

धितोपत्र बोर्डमा पाँच कम्पनीले आईपीओ निष्कासनका लागि प्रस्ताव पेस

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार १०:२६

१९ चैत,२०८२ काठमाडौं – पूँजी बजारमा नयाँ कम्पनीहरूको प्रवेश क्रम बढ्दो क्रममा रहँदा पाँच कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड मा आवेदन दिएका छन्। प्रस्तावित आईपीओको कुल आकार १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

सबैभन्दा ठूलो आईपीओ बुढानिलकण्ठ हेरिटेज लिमिटेड ले ल्याउने योजना बनाएको छ। कम्पनीले ४९ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी ४९ करोड ५० लाख रुपैयाँ संकलन गर्ने प्रस्ताव गरेको छ। यसको बिक्री व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले गर्नेछ।

Kamana Sewa

यस्तै, नेशनल वायोटेक लिमिटेड ले १० लाख कित्ता शेयरमार्फत १० करोड रुपैयाँ उठाउने योजना अघि सारेको छ, जसको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

Classic Tech Desktop

जलविद्युत क्षेत्रमा सक्रिय सभापोखरी हाइड्रोपावर लिमिटेड ले १० लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्दै १० करोड ७५ लाख रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। यसको व्यवस्थापन आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड ले गर्नेछ।

नवीकरणीय ऊर्जातर्फ लगानी विस्तार गर्ने उद्देश्यसहित पशुपति रिन्यूएबल्स लिमिटेड ले १४ लाख ४० हजार कित्ता शेयरमार्फत १४ करोड ४० लाख रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी इष्टर्न साहारा कम्पनी लिमिटेड ले २७ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी २७ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्यसहित आवेदन दिएको छ, जसको बिक्री व्यवस्थापन पनि ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले गर्नेछ।

यी सबै कम्पनीहरूको प्रस्ताव नेपाल धितोपत्र बोर्ड को स्वीकृतिपछि मात्रै सार्वजनिक निष्कासनमा जानेछ। पछिल्लो समय विभिन्न क्षेत्रका कम्पनीहरू पूँजी बजारमार्फत लगानी जुटाउन अग्रसर देखिएकाले आगामी दिनमा आईपीओ बजार अझ सक्रिय हुने संकेत देखिएको छ।

प्रतिकृया