• १७ असोज २०८३, शनिबार
  • १ः५४ राती

संसद् अधिवेशनमा आज शीर्ष नेताहरूको सम्बोधन हुँदैछ

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार १०:५२

१९ चैत,२०८२ काठमाडौं – गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आज (चैत १९) देखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बैठक बस्नेछ।

National Life

अधिवेशनको सुरुआतमा राजनीतिक दलका नेता तथा स्वतन्त्र सांसदहरूले दलीय आधारमा सम्बोधन गर्ने परम्परा अनुसार सम्बोधन गर्ने तयारी गरिएको छ। संघीय संसद् सचिवालयले सोहीअनुसार बैठकको तयारी पूरा गरेको छ।

सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले बैठकमा सम्बोधन गर्नेछन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस ले भने अझै सम्बोधन गर्ने व्यक्तिको टुंगो लगाएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, नेकपा (एमाले) का तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्नेछन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने तयारी छ।

यसैगरी, श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेता ज्ञानबहादुर शाही ले पनि सम्बोधन गर्नेछन्। स्वतन्त्र सांसद महावीर पुन ले पनि बोल्ने अवसर पाउने छन्।

बैठकको सञ्चालन ज्येष्ठ सदस्य तथा कांग्रेस सांसद अर्जुननरसिंह केसी ले गर्नेछन्। सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान छ। सभामुखको निर्वाचन यही चैत २२ गते गर्ने तय भएको छ।

प्रतिकृया