• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

सांसदका समस्या सीधै प्रधानमन्त्री कार्यालयसम्म पुग्ने व्यवस्था हुँदै

प्रकाशित मिति

२०८२ चैत्र १८ गते, बुधबार ०५:३२

१८ चैत,२०८२ काठमाडौं – बालेन्द्र शाहले प्रतिनिधिसभाका सदस्यहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तत्काल सरकारसमक्ष पुर्‍याउन सक्ने नयाँ व्यवस्था ल्याउने तयारी गरेका छन्। बुधबार सिंहदरबारमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशगत ह्वाट्सएप समूहमार्फत सांसदहरूले आफ्ना क्षेत्रका समस्या सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने प्रणाली विकास गर्न लागिएको बताएका हुन्।

छलफलपछि मनिष झाले जानकारी दिँदै सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्या सहज रूपमा सरकारसम्म पुर्‍याउन यस्तो व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार बैठकमा मधेस प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रका तत्कालीन तथा दीर्घकालीन समस्याहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

Kamana Sewa

त्यसै क्रममा सांसद झाले रेडक्रसका विभिन्न समितिहरू भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै ती समितिहरू विघटन गरी छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

Classic Tech Desktop

छलफलमा सहभागी सांसदहरूले मधेस प्रदेशमा सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। प्रधानमन्त्री शाहले भने विभिन्न प्रदेशका सांसदहरूसँग समूहगत रूपमा छलफल गर्दै क्षेत्रगत समस्याको समाधान खोज्ने प्रयासलाई निरन्तरता दिएका छन्।

प्रतिकृया