• २ असोज २०८३, शुक्रबार
  • ४ः२६ बेलुका

वैदेशिक रोजगारीका कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०४:२०

१७ चैत,२०८२ काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट पनि गर्ने व्यवस्था अघि बढाएको छ। मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य संस्थालाई सूचीकरण गर्दै यस्तो परीक्षणका लागि प्रक्रिया सुरु गरिएको हो।

National Life

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेश जानुअघि कामदारले नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ। साथै, वैदेशिक रोजगार नियमावली, २०६४ ले सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट समेत परीक्षण गराउन सकिने व्यवस्था स्पष्ट गरेको छ।

मन्त्रालयले २०८२ चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सूचीकरण प्रक्रिया अगाडि बढाइएको जनाएको छ। स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ। यस निर्णयसँगै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया