• २ असोज २०८३, शुक्रबार
  • २ः४६ दिउँसो

अध्यक्ष ओली पक्राउविरुद्ध एमालेले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०४:४२

१७ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको आरोप लगाउँदै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ।

National Life

मंगलबार बसेको सचिवालय बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै नयाँ कार्यक्रम घोषणा गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। आन्दोलनका थप रणनीति तय गर्न छिट्टै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गरिएको छ।

एमालेले सरकारी दमनविरुद्ध प्रतिवाद गर्न आह्वान गर्दै ओलीको पक्राउको विषय संसदमा पनि उठाउने जनाएको छ। घोषित कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् भेला, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन, वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका साथै विद्यार्थी तथा पेसागत संगठनमार्फत पनि आन्दोलनलाई प्रभावकारी बनाइने जनाइएको छ। बुधबार बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्नेछ भने संसदीय रणनीति तय गर्न भोलि ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ। संसदभित्र सहकार्य र प्रभावकारी प्रस्तुति गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मा दिइएको एमालेले जनाएको छ।

प्रतिकृया