• ३१ भदौ २०८३, बुधबार
  • १ः२९ दिउँसो

शिक्षामन्त्री पोखरेलद्वारा खेलकुदलाई विद्यालय पाठ्यक्रममा समावेश गर्ने योजना

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०४:५६

१७ चैत,२०८२ काठमाडौं – शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय पाठ्यक्रममा खेलकुदलाई समावेश गर्ने योजना अघि सारेका छन्। मंगलबार राष्ट्रिय खेलकुद परिषद्को निरीक्षणका क्रममा उनले आगामी पाँच वर्षभित्र ग्रासरुट स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए।

National Life

मन्त्री पोखरेलले सानै उमेरदेखि खेलाडी उत्पादन हुन नसक्नु नेपालको खेलकुद क्षेत्रको प्रमुख समस्या भएको उल्लेख गरे। उनले काठमाडौं महानगरपालिकामा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभवलाई आधार मानेर अब खेलकुदलाई नीतिगत तथा कानुनी रूपमा शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार नेपालका धेरैजसो खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी (एपीएफ) बाट आउने गरेका छन्, जहाँ उनीहरूलाई डाइट, प्रशिक्षण र नियमित आम्दानी सुनिश्चित हुने भएकाले हो। यदि सानो उमेरदेखि उचित डाइट र प्रशिक्षण प्रदान गर्न सकियो भने खेलकुदको विकास अझ तीव्र हुने उनको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पोखरेलले पाठ्यक्रम विकास केन्द्रसँग सहकार्य गरी विद्यालय पाठ्यक्रममै खेलकुद समावेश गर्ने योजना रहेको जानकारी दिए। साथै, खेलकुदले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै उनले सबै विज्ञ र कर्मचारीलाई पूर्वाग्रह त्यागेर मिलेर काम गर्न आह्वान गरे।

प्रतिकृया