• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

सर्वोच्चले ओली पक्राउको कारण पेस गर्न सरकारलाई आदेश, बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०५:१८

१६ चैत,२०८२ काठमाडौं – सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। जेनजी आन्दोलनका क्रममा भएको घटनासम्बन्धी अनुसन्धानका लागि आयोगले सिफारिस गरेपछि ओलीलाई पक्राउ गरिएको थियो।

Kamana Sewa

यसै सिफारिसका आधारमा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए। प्रहरीले दुवै जनामाथि अनुसन्धान अघि बढाएको छ।

Classic Tech Desktop

प्रतिकृया