• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

दाङमा एमालेको झण्डा जलाइएको घटनापछि काठमाडौंमा बालेन शाहको पुत्ला दहन

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ०९:५७

८ फाल्गुन, २०८२  काठमाडौं – दाङमा नेकपा (एमाले)को झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। निर्वाचन प्रचार–प्रसारका क्रममा दाङमा एमालेको झण्डा जलाइएको भन्दै त्यसको विरोधमा शुक्रबार काठमाडौंस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन भएको हो।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाहको पुत्ला दहन गरेको जनाएको छ। बिहीबार दाङमा चुनावी अभियानका क्रममा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाएको तथा उच्छृङ्खल गतिविधि गरेको आरोप एमालेले लगाएको छ। उक्त घटनालाई लिएर एमालेले गम्भीर आपत्ति जनाउँदै यसलाई अराजनैतिक र अराजक गतिविधि भएको दाबी गरेको छ।

Kamana Sewa

अनेरास्ववियुले प्रदर्शनीमार्ग क्षेत्रमा नाराबाजी गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ। घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा नल्याए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत संगठनले दिएको छ।

Classic Tech Desktop

प्रतिकृया