यस्तो छ आजको मौसम पुर्वानुमान
प्रकाशित मिति
२०८२ फाल्गुन ९ गते, शनिबार ०७:३८
९ फाल्गुन, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी प्रदेश र गण्डकी प्रदेश लगायतका हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा तुँवालो देखिएको छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।




प्रतिकृया