• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

आजपनि सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार १०:५६

२६ माघ,२०८२ काठमाडौं –  नेपाली बजारमा सोमबार (माघ २६ गते) सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४१ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघले तोकेको नयाँ दरअनुसार छापावाल सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार भने सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम थियो।

Kamana Sewa

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २४० रुपैयाँले बढेर पाँच हजार २५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Desktop

प्रतिकृया