• १ असोज २०८३, बिहीबार
  • ३ः५९ दिउँसो

पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने कांग्रेसको प्रतिबद्धता : गगन थापा

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०९:५६

२६ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु पार्टीको प्रतिबद्धता भएको बताएका छन्।

National Life

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले पूर्वाधार निर्माण ढिलाइ हुनु देशको ठूलो समस्या रहेको उल्लेख गरेका छन्। पूर्वाधार समयमै नबन्दा विकासको लागत बढ्नुका साथै अर्थतन्त्रको उत्पादकत्वमा पनि नकारात्मक असर परेको उनले बताएका छन्।

चमत्कारिक रूपमा समस्या समाधान हुन्छ भनेर बसिरहँदा अर्को पाँच वर्ष पनि खेर जाने भन्दै उनले आगामी पाँच वर्ष परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसका लागि कानुनी सुधार, संस्थागत क्षमता वृद्धि, सार्वजनिक संस्थाहरूको कार्यशैली परिवर्तन तथा वित्तीय व्यवस्थापनका नयाँ मोडेल अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले निजी क्षेत्रलाई विश्वासमा लिएर सहकार्य गर्नुपर्ने, नयाँ जोखिम लिनुपर्ने र अनुगमन प्रणाली पनि परिमार्जन गर्नुपर्ने बताएका छन्।

पाँच वर्षभित्र पूर्वाधार क्षेत्रमा रुपान्तरणकारी परिवर्तन सम्भव रहेकोमा आफू विश्वस्त रहेको सभापति थापाको भनाइ छ।

प्रतिकृया