एजेण्डासहित चुनावी प्रचार गर्न राष्ट्रिय सभाका सांसदहरूको आग्रह
प्रकाशित मिति
२०८२ माघ १३ गते, मंगलवार ०४:११
१३ माघ,२०८२ काठमाडौं – राष्ट्रिय सभाका सांसदहरूले राजनीतिक दलहरूलाई स्पष्ट एजेण्डासहित चुनावी प्रचारप्रसार गर्न आग्रह गरेका छन् । मंगलबार बसेको बैठकमा उनीहरूले मुलुकको भविष्य कस्तो बनाउने भन्ने स्पष्ट मार्गचित्र दलहरूसँग हुनुपर्ने बताए ।
जेनजी आन्दोलनका मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासन भएकाले दलहरूले त्यसबारे कस्ता नीति लिएका छन् भन्ने कुरा मतदाताले थाहा पाउनुपर्ने सांसदहरूको भनाइ छ ।
सांसद गंगाकुमारी बेलवासेले भावी प्रधानमन्त्री को हुने भन्नेभन्दा एजेण्डा र कार्ययोजना महत्वपूर्ण हुने बताइन् । सांसद नारायण दत्त मिश्रले व्यवस्था होइन, नीति र दृष्टिकोण सुधार्नुपर्नेमा जोड दिए ।
सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका मुद्दा ओझेलमा परेको भन्दै दलहरू स्पष्ट हुनुपर्ने बताए । आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।






प्रतिकृया