• ३१ भदौ २०८३, बुधबार
  • १०ः१६ राती

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ०९:१९

१४ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली तथा अन्य भू–भागमा आंशिक बदली रहेको विभागले जनाएको छ।

National Life

आज सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अन्य स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने बागमती, मधेश र कोशीका पहाडी भू–भागका थोरै स्थान तथा कोशीको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङको सम्भावना पनि रहेको छ।

आज राति पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने विभागले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया