मनोनयनका दिन रवि लामिछानेलाई झट्का,पर्सा जिल्ला अदालतले माग्यो एक करोड धरौटी
प्रकाशित मिति
२०८२ माघ ६ गते, मंगलवार ०३:३६
६ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मनोनयन दर्ताकै दिन ठूलो कानुनी झट्का लागेको छ । पर्सा जिल्ला अदालतले सहकारी ठगी सम्बन्धी मुद्दामा लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालत पर्साले लामिछानेलाई धरौटीमा छाड्न १ करोड रुपैयाँ बुझाउन आदेश गरेको हो । अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन् ।

पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार अदालतको आदेशअनुसार धरौटी दाखिला गर्ने प्रक्रिया अघि बढिरहेको छ । धरौटी बुझाएपछि मुद्दाको बाँकी प्रक्रिया कानुनअनुसार अघि बढाइने जनाइएको छ ।

आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको चहलपहल चलिरहेकै बेला अदालतको यो आदेश आएको हो । मनोनयनकै दिन आएको अदालतको निर्णयले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेमाथि छानबिन जारी रहँदा अदालतको आदेशलाई कानुनी प्रक्रिया अनुरूपको कदम भएको बताइएको छ ।




प्रतिकृया