• ४ साउन २०८३, सोमबार
  • ८:५१ बेलुका

जगदीश खरेलले ललितपुर–२ बाट उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०३:२७

६ माघ,२०८२ काठमाडौं – निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका खरेल पेशाले सञ्चारकर्मीसमेत हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर चुनावी मैदानमा होमिन लागेका छन् ।

Kamana Sewa

खरेलको स्थायी घर भने दोलखा रहेको छ । ललितपुर–२ मा उनको उम्मेदवारीले निर्वाचन प्रतिस्पर्धा थप चर्किने अनुमान गरिएको छ ।

Classic Tech Desktop

आगामी निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउने क्रम तीव्र बन्दै गएको छ ।

प्रतिकृया