माघमा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर घट्यो
प्रकाशित मिति
२०८२ पुष ३० गते, बुधबार ११:२८
३० पुस,२०८२ काठमाडौं – वाणिज्य बैंकहरूले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। उच्च तरलता र न्यून कर्जा प्रवाहका कारण पुसको तुलनामा माघमा औसत ब्याजदर ४.८३४% बाट ४.६८४५% मा झरेको छ।
२० वटा वाणिज्य बैंकमध्ये ११ ले ब्याजदर घटाएका छन्, ८ ले स्थिर राखेका छन् भने प्राइम कमर्सियल बैंकले मात्र बढाएको छ। व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५% मा कायम छ, जसमा ग्लोबल आईएमई बैंकले सबैभन्दा उच्च ५.५% तोकेको छ।

ब्याजदर घटाएसँगै बचत र संस्थागत मुद्दतीको ब्याज पनि घट्ने अनुमान गरिएको छ। यसले आधारदर घटेर कर्जा ब्याजमा समेत असर पार्नेछ।

केही बैंकका व्यक्तिगत मुद्दती अधिकतम ब्याजदर (प्रतिशत)
- कृषि विकास: ४.५५ → ४.४
- सिटिजन्स: ४.७५ → ४.५
- एभरेस्ट: ४.७५ → ४.४
- ग्लोबल आईएमई: ५.५ → ५.५
- हिमालयन: ५.५ → ५
- कुमारी: ४.५३ → ४.४३
- लक्ष्मी सनराइज: ४.७५ → ४.५
- माछापुच्छ्रे: ५ → ४.५
- नेपाल एसबीआई: ४.५५ → ४.४
- प्राइम कमर्सियल: ४.२५ → ४.४
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्दै बैंकको पैसा खिचिरहेको हुँदा ब्याजदर घट्ने अवस्था बनेको बैंकहरू बताउँछन्।




प्रतिकृया