• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

आजदेखि श्री स्वस्थानी व्रत सुरु, किन बसिन्छ व्रत ?

प्रकाशित मिति

२०८२ पुष १९ गते, शनिबार ०९:०६

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत तथा माघस्नान आजदेखि सुरु भएको छ।

पौष शुक्ल चतुर्दशीका दिन नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको तयारी गरिन्छ भने माघ स्नानपछि नित्य मध्याह्नकालमा महादेवको पूजा र साँझ स्कन्द पुराणअन्तर्गत स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने परम्परा छ। एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता तथा फलफूल चढाई देवी स्वस्थानीलाई अर्घ्य दिने विधि रहेको छ।

Kamana Sewa

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। स्कन्द पुराणअनुसार चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीलाई स्वस्थानी देवीका रूपमा पूजा गरिन्छ। विधिपूर्वक व्रत गरेमा मनोकामना पूरा हुने, रोगव्याधि निको हुने तथा बिछोड भएका जोडीको पुनर्मिलन हुने धार्मिक विश्वास छ।

Classic Tech Desktop

यस अवसरमा आजदेखि काठमाडौँ उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा रहेको साँखुस्थित शालीनदीमा एक महिनासम्म माधवनारायण मेला पनि सुरु भएको छ। माघ महिनाभर यहाँ स्नान गरी माधवनारायणको दर्शन गरे पाप पखालिने र पुण्य प्राप्त हुने विश्वासका कारण प्रत्येक वर्ष लाखौँ भक्तजन सहभागी हुने गर्छन्। समितिका अनुसार व्रतालुका लागि शालीनदी क्षेत्रमा आवश्यक सबै तयारी पूरा गरिएको छ।

प्रतिकृया