• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार १०:१३

१६ पुस,२०८२ काठमाडौं — सालपा विकास बैंक लिमिटेडले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । बैंकले यसअघि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख ७२ हजार ३८८ कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।

Kamana Sewa

बैंकले बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको जनाएको छ ।

Classic Tech Desktop

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गते बैंकिङ समयसम्म दिन सकिनेछ । तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म आवेदन अवधि थपिनेछ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिकृया