• ३१ भदौ २०८३, बुधबार
  • ९ः३९ राती

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज, १६ हजारभन्दा बढी विद्यार्थी सहभागी

प्रकाशित मिति

२०८२ पुष १० गते, बिहीबार ०९:०८

१० पुस,२०८२ काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार समारोहमा १६ हजार ३३८ जना विद्यार्थी सहभागी हुनेछन्।

National Life

परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार आवेदन दिएर निर्धारित शुल्क बुझाएका विद्यार्थीलाई मात्र दीक्षान्त समारोहमा सहभागी गराइनेछ। त्रिविले विसं २०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि हासिल गरेका कुल ८९ हजार १९१ विद्यार्थीलाई दीक्षित गर्ने जनाएको छ। तीमध्ये १८.३१ प्रतिशत विद्यार्थीले मात्र समारोहमा सहभागी हुने इच्छा व्यक्त गरेका हुन्।

सहभागी विद्यार्थीका लागि पुस १ देखि ८ गतेसम्म दीक्षान्त गाउन र स्कार्फ वितरण गरिएको थियो। त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान तथा कानुन गरी ९ संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी कार्यक्रम सञ्चालनमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

दीक्षान्त समारोहका अवसरमा त्रिविले २५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गर्ने जनाएको छ। यस वर्षको दीक्षान्त समारोहका प्रमुख अतिथिका रूपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता सहभागी हुनेछन्। समारोहको अध्यक्षता त्रिविका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रतिकृया