मौसम पूर्वानुमान: तराईमा कुहिरो, पहाड–हिमालमा सफा मौसम
प्रकाशित मिति
२०८२ पुष १० गते, बिहीबार ०८:५८
१० पुस,२०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
तराई भू–भागमा फैलिएको हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ। मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराई भू–भागमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यस्तै आज राति पनि तराई भू–भागमा हुस्सु रहने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

विभागले कुहिरोको समयमा सवारी साधन चलाउँदा तथा हवाई यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।




प्रतिकृया