• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

सार्वजनिक बिदासहित आज देशभर क्रिसमस डे मनाइँदै

प्रकाशित मिति

२०८२ पुष १० गते, बिहीबार ०८:५२

 १० पुस,२०८२ काठमाडौं— क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको थियो। यही विश्वासका आधारमा क्रिश्चियन समुदायले क्रिसमस डे लाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउँदै आएको उनले बताए।

Kamana Sewa

विश्वका धेरै मुलुकमा परम्परागत रूपमा मनाइने क्रिसमस नेपालमा भने विसं २०६३ पछि महासङ्घले औपचारिक रूपमा महोत्सवका रूपमा मनाउन थालेको अध्यक्ष गहतराजले जानकारी दिए।

Classic Tech Desktop

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना हुँदैछ। महोत्सवमा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहने जनाइएको छ।

क्रिसमस डेका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको भए पनि विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।

पछिल्ला वर्षहरूमा काठमाडौं, पोखरा, सौराहा लगायतका मुख्य सहर तथा पर्यटकीय क्षेत्र ठमेल, बौद्ध क्षेत्रमा क्रिसमस ‘ट्री’ र झिलिमिली बत्तीले सहर सजाउने चलन बढ्दो छ। हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।

प्रतिकृया