• ५ साउन २०८३, मंगलबार
  • ४:४७ बेलुका

राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ तरलता संकलन गर्न लाग्यो

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ११:५१

२ पुष,२०८२ काठमाडौं—  बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको भन्दै नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले दिउँसो २ बजे बोलकबोल (अक्सन) प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्नेछ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्ने छन्। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २७ फागुनमा गरिनेछ।

Kamana Sewa

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यो बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।

Classic Tech Desktop

प्रतिकृया