• १५ असोज २०८३, बिहीबार
  • ८ः०० बिहान

पक्राउ परेका तामाङलाई गर्यो श्रम संस्कृति पार्टीले निलम्बन

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०१:३७

२ पुष,२०८२ काठमाडौं— विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले अनुसन्धानमा कुनै किसिमको प्रभाव नपरोस् भन्ने उद्देश्यले उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

National Life

लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको थियो। उनीमाथि २०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा मुद्दा दायर भएको थियो, जसमा एक बालिकाको मृत्यु भएको र दुई जना घाइते भएका थिए।

प्रतिकृया