• १५ असोज २०८३, बिहीबार
  • ७ः२५ बिहान

प्रधानमन्त्री कार्की: नयाँ सरकारलाई सत्ता हस्तान्तरणका लागि निर्वाचनमा तत्पर

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०१:५०

२ पुष,२०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमार्फत व्यक्त हुने जनभावना अनुसारको सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएकी छिन्।

National Life

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भदौ २३–२४ का जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सुशासन र निर्वाचन वर्तमान सरकारको मुख्य एजेन्डा भएको र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोग आवश्यक भएको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले थपे, “मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक र सुशासनको मार्गमा अघि बढाउने एक मात्र उपाय निर्वाचन हो। समाजमा अराजकताले कुनै स्थान पाउनु हुँदैन।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया