• २ असोज २०८३, शुक्रबार
  • २ः४५ दिउँसो

आज एनपीएलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०९:२८

मंसिर  ३, २०८२ काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ, जहाँ काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने छन्। खेल नेपाली समयअनुसार दिउँसो ४ बजेदेखि सुरु हुनेछ।

National Life

काठमाडौँ गोर्खाजले प्रतियोगितामा पहिलो खेलमै विजयी सुरुवात गरिसकेको छ। आजको खेलमा टोली लगातार दोस्रो जितका लागि मैदान उत्रिनेछ। सुदूरपश्चिम रोयल्स भने आजको खेल हुँदै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्न लागेको हो।

काठमाडौँ गोर्खाज यस सिजन करण केसीको कप्तानीमा खेल्दैछ। टोलीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहम्मद आदिल आलमजस्ता राष्ट्रिय खेलाडी तथा मार्वे गेरार्ड इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमारजस्ता विदेशी खेलाडी सामेल छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। उनको नेतृत्वमा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारीजस्ता राष्ट्रिय खेलाडी तथा जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंहजस्ता विदेशी खेलाडी मैदानमा उत्रनेछन्।

प्रतिकृया