• ४ असोज २०८३, आइतबार
  • ६ः५३ बिहान

प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग सिंहदरबारमा छलफल गर्ने

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०९:३९

मंसिर  ३, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग व्यापक छलफल गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

National Life

निर्वाचन आयोगमा दर्ता रहेका सबै दललाई सरकारका कामकारबाही, प्राथमिकता तथा आगामी योजनाबारे जानकारी गराउँदै सहमति र सहकार्यका विषयमा संवाद कायम गर्ने उद्देश्यले यो छलफल आयोजना गरिएको बताइएको छ।

यसअघि पनि प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनको वातावरण निर्माण गर्न दलका प्रतिनिधिहरूसँग प्रारम्भिक तहमा संवाद गरिरहेकी थिइन्। तर शीर्ष नेताहरूसँग भने उनले अहिलेसम्म प्रत्यक्ष छलफल गरेकी छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया