• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

लगातार सुस्तिदैँ गएको शेयर बजार आज फेरि राताम्य, लगानीकर्तामा निराशा

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ०३:३३

काठमाडौं । पछिल्लो केही दिनयता सुस्त बनेको शेयर बजार आज फेरि राताम्य बनेको छ। गत शुक्रबार हल्का सुधार देखिएको भए पनि आज लगानीकर्ताको मनोबल कमजोर देखिएसँगै बजारलाई उकास्न पर्याप्त माग देखिएन।

National Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.१५ अंकले घटेर २५४०.५७ बिन्दुमा झरेको छ। ३३७ कम्पनीका ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज १० उप–समूह राताम्य रहेका छन्। वाणिज्य बैंक समूह ०.३० प्रतिशत, विकास बैंक ०.५२ प्रतिशत, फाइनान्स ०.८७ प्रतिशत र हाइड्रोपावर समूह ०.४९ प्रतिशतले ओरालो लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज ७४ कम्पनीका शेयर मूल्य बढेका छन् भने १६८ कम्पनी घटेका छन्। १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिकृया