• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

प्रभु इन्स्योरेन्सको पहिलो त्रैमासिक नाफा १२.७२ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ०३:२६

कात्तिक ३०, २०८२ काठमाडौं— प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफासहित अधिकांश सूचकहरूमा सकारात्मक प्रगति हासिल गरेको जनाएको छ।
कम्पनीले समीक्षा अवधिमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफाभन्दा १२.७२ प्रतिशतले बढी हो।

National Life

खुद बीमाशुल्क आर्जनमा पनि कम्पनीले वृद्धि देखाएको छ। गत वर्षको पहिलो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा बढाएर १२ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ।

दाबी भुक्तानी भने बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ९ करोड ४७ लाख रुपैयाँभन्दा करिब १३ प्रतिशत बढी हो।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ, महाविपत्ति कोष १० करोड ३४ लाख रुपैयाँ, र जगेडा कोष सञ्चिति २४ करोड ९२ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १४.८५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०२.२७ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रतिकृया