• २० असोज २०८३, मंगलबार
  • ९ः२० बिहान

जेनजी आन्दोलनबाट २३ अर्बभन्दा बढीको बीमा दाबी, भुक्तानी मात्रै ३ अर्ब ६८ करोड

प्रकाशित मिति

२०८२ कार्तिक २६ गते, बुधबार १२:४४

कात्तिक  २६, २०८२ काठमाडौं— जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कारण बीमा कम्पनीहरूमा २३ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ। तर, सोमध्ये ३ अर्ब ६८ करोड रुपैयाँ मात्रै भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

National Life

प्राधिकरणका अनुसार हालसम्म जेनजी आन्दोलनबाट भएको क्षतिको कुल बीमा दाबी २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। तर, ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ मात्र भुक्तानी भएको हो।

निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबीमध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबी परेका छन्, जसको कुल रकम १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेको छ। तीमध्ये करिब २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, मोटर बीमातर्फ २ हजार २९० वटा दाबी परेका छन्, जसको कुल रकम ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ रहेको छ। तीमध्ये ६८ करोड ६१ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ। प्राधिकरणका अनुसार इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबी परेका छन्, जसको रकम ५४ करोड ७५ लाख रुपैयाँ रहेको छ। तीमध्ये ६ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, परिवहन बीमातर्फ १२ वटा दाबी परेका छन्, जसको १ करोड ६८ लाख रुपैयाँ दाबीमध्ये ४७ लाख रुपैयाँ भुक्तानी भएको छ।

अन्य बीमातर्फ ४२ वटा दाबी परेका छन्, जसको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनका क्रममा भएका क्षति मूल्यांकन, प्रमाण संकलन र भुक्तानी प्रक्रिया अझै जारी रहेको छ।

प्रतिकृया