• ३१ भदौ २०८३, बुधबार
  • ९ः५७ राती

राजनीतिक हस्तक्षेप सह्य नहुनेः शिक्षा मन्त्री पुनको चेतावनी

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०९:३६

काठमाडौं, कात्तिक २४ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक र प्राध्यापकका संघ–संगठनहरूलाई राजनीतिक दलको भ्रातृ संस्था रूपमा स्वीकार नगर्ने सरकारको अडान पुनः स्पष्ट गरेका छन्।

National Life

हालै मन्त्री पुनले जारी गरेको सूचनामा शिक्षक संघ–संगठनहरूले राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने चेतावनी दिएका थिए। त्यसबारे उठेका बहसपछि उनले सामाजिक सञ्जालमार्फत थप स्पष्टीकरण दिँदै भनेका छन् —

“संविधानले दिएको अधिकार कसैले खोस्न सक्दैन, तर राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालय र विश्वविद्यालयको सञ्चालनमा बाधा पुर्‍याउन र विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरिएको हो।”

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पुनका अनुसार, विद्यालय, विश्वविद्यालय र CTEVT मा बढ्दो राजनीतिक हस्तक्षेप, चलखेल र विभाजनका कारण विद्यार्थी र अभिभावकबाट हजारौं गुनासा तथा उजुरी प्राप्त भएपछि उक्त सूचना सार्वजनिक गरिएको हो।

उनले थपे —“अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारको अर्को रूप हो। यसबारे सर्वोच्च अदालतको आदेश र सम्बन्धित ऐन–कानुनका धाराहरू पनि स्पष्ट छन्।”

आगामी फागुन २१ गते हुने चुनावी प्रचारप्रसारमा शिक्षकहरू सक्रिय भए शिक्षण–अध्यापन प्रभावित हुने भन्दै उनले विद्यालयमा नियमित पठनपाठन सुनिश्चित गर्न आग्रह गरे।

“चुनावमा चौबीसै घण्टा लाग्ने नाममा विद्यार्थीको पढाइ रोक्न नदिनुहोला भन्ने विनम्र अनुरोध हो,” मन्त्री पुनले भने।

प्रतिकृया