• १ असोज २०८३, बिहीबार
  • ४ः०२ बिहान

होटलमै सत्ता हस्तान्तरणः सरोज यादव मधेसका नयाँ मुख्यमन्त्री

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०९:३०

कात्तिक २४, २०८२ जनकपुरधाम — मधेस प्रदेशमा राजनीतिको नयाँ नाटकीय मोड आएको छ। सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ गराएपछि सत्ता समीकरण फेरिएको हो।

National Life

विशेष कुरा के छ भने, स्वास्थ्य उपचारका लागि काठमाडौँ प्रस्थान गरेको जानकारी दिएकी प्रदेश प्रमुख सुवेदीले सिन्धुलीस्थित एक होटलमा गोप्य रूपमा शपथ समारोह सम्पन्न गरेकी हुन्।

संविधानको धारा १६८(३) बमोजिम सभामा सबभन्दा ठुलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले यस घटनाप्रति तीव्र असन्तुष्टि जनाउँदै यसलाई “मधेसका जनतासँगको धोका” भनेका छन्। उनले भने —

“स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सिन्धुली र महोत्तरीको सिमानाको होटलमा प्रदेशको अस्मितामाथि खेल खेलिन्। यो मधेसको जनतासँग गरिएको विश्वासघात हो।”

सोनलले गत शनिबार विश्वासको मत नपाउने भएपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दौडधूप सुरु भएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस घटनाले मधेस प्रदेशमा फेरि सत्ता गठबन्धनका नयाँ समीकरणहरू सिर्जना गर्ने सम्भावना देखिएको छ।

प्रतिकृया