• ४ साउन २०८३, सोमबार
  • ५:१३ बिहान

नेकपा एमालेमा आज ‘घर फर्किने’ कार्यक्रम, फर्किँदै छन् रामकुमारी झाँक्री लगायतका नेताहरू

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०९:२१

कात्तिक २४, २०८२ काठमाडौं— नेकपा (एमाले) ले आज ‘घर फर्किने’ कार्यक्रम गर्दै नेकपा (एकीकृत समाजवादी) का नेताहरूलाई पुनः पार्टीमा भित्र्याउँदैछ। कार्यक्रम आज दिउँसो २ः३० बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।

एमालेले यस कार्यक्रममार्फत एकीकृत समाजवादीमा गएका केही नेताहरूमाथि पुनः भरोसा गर्दै पार्टीभित्र स्वागत गर्न लागेको हो। एकीकृत समाजवादीले केही समयअघि नेकपा (माओवादी केन्द्र) सँग मिलेर नयाँ ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन गरेपछि त्यसका नेताहरूबीच मतभेद चुलिएको थियो।

Kamana Sewa

विश्वसनीय स्रोतका अनुसार रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरू आजको कार्यक्रममा सहभागी हुँदै औपचारिक रूपमा एमालेमा फर्किँदै छन्।

Classic Tech Desktop

यता, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने नयाँ राजनीतिक दल दर्ता गरेर अलग राजनीतिक यात्रा सुरु गरेका छन्।

प्रतिकृया