• ४ साउन २०८३, सोमबार
  • ३:५४ बिहान

प्रधानमन्त्री कार्कीको निर्देशन: पहुँच आधारमा भर्ती कर्मचारी हटाउन नेवानीलाई आदेश

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०५:३८

कात्तिक  १६, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती भएका करार कर्मचारीहरूलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। सिंहदरबारमा निगमका अधिकारीहरूसँग बैठक गर्दै उनले भ्रष्टाचार, नातावाद र गैरकानुनी अभ्यास अन्त्यका लागि कठोर कदम चाल्न भनिन्।

प्रधानमन्त्री कार्कीले निगम सुधारका लागि बनेका प्रतिवेदनहरू कार्यान्वयन गर्न, घाटा रोक्न र आवश्यक अप्रिय निर्णय लिन निर्देशन दिएकी छिन्। निगममा सुधारका लागि सबै स्तरमा सरकारी साथ र कारबाहीको तयारी रहनुपर्ने उनको भनाइ छ।

Kamana Sewa

प्रतिकृया