• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०९:२४

कात्तिक  १६, २०८२ काठमाडौं— नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको मिति २०८२÷०७÷१४मा बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनु भएका संचालक वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसहमतिबाट चयन गरेको छ ।

National Life

अध्यक्ष वेंकट वंसीधर कुंचा, एस.बी.आई.को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ । वहाँले एस.बी.आई. को२९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नु हुन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोह बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशक राजेन्द्र भट्टराई, ईश्वरीप्रसाद भट्टराई र शरणकुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपालप्रसाद भट्ट एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया