• २० असोज २०८३, मंगलबार
  • ११ः०७ बिहान

सरकारसँग सहमति भएपछि निजी अस्पतालका नर्स काममा फर्किए

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०४:४१

काठमाडौँ — उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रका अस्पताल र मेडिकल कलेजका नर्सहरू सरकारसँग २३ बुँदे सहमति पछि काममा फर्किएका छन्। सहमति अनुसार नर्सहरूले कात्तिक महिनादेखि सरकारी पाँचौँ तह सरह (रु. ३४,७३०) तलब पाउने भएका छन्।

National Life

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रकाश बुढाथोकीका अनुसार ठूला अस्पताललाई तत्काल, मध्यम र साना अस्पताललाई केही हप्ता वा महिनाभित्र सरकारी सरह तलब दिन समय दिइनेछ।

सरकार, निजी अस्पताल र नर्सिङ संघबीचको त्रिपक्षीय सहमति कार्यान्वयनका लागि सातै प्रदेशमा अनुगमन समिति गठन गरिएको छ। सहमति पालना नगर्ने अस्पतालहरूलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया