• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सवः सेवामा उत्कृष्टता र उज्वल भविष्यप्रतिको दृढ प्रतिबद्धता

प्रकाशित मिति

२०८२ कार्तिक १३ गते, बिहीबार ०६:५७

कात्तिक १३, २०८२ काठमाडौं— सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। संस्थाको स्थापनादेखि आजसम्मको यात्रालाई गौरवपूर्ण उपलब्धि र जिम्मेवारीको प्रतिकको रूपमा आत्मसात गर्दै बैंकले बिहीबार आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो।

National Life

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले विगत दुई दशक लामो यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला पक्षप्रति आभार प्रकट गर्दै बैंकको सफलतामा सबैको योगदान रहेको बताए। उनले शेयरधनी, ग्राहक, नियामक निकाय, सञ्चालक, कर्मचारी तथा साझेदार संस्थाहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै सांग्रिलाले सामाजिक उत्तरदायित्व र ग्राहकमैत्री सेवा प्रवाहमा निरन्तर उदाहरणीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। अध्यक्ष सत्यालका अनुसार, बैंकले आफ्ना सेवाहरूलाई अझ सुदृढ, सहज र दिगो बनाउन आगामी दिनमा नयाँ प्रविधि र नविनतम अवधारणालाई प्राथमिकतामा राख्ने योजना बनाएको छ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा शेयरधनीलाई धन्यवाद ज्ञापन गरे । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

वार्षिकोत्सवको अवसरमा बैंकले ‘बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन’ अभियानको घोषणा गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिने यस अभियानमा ‘लिड फर नेपाल’ नामक संस्थासँग सहकार्य गरिने छ। बैंकका १० वटा क्लस्टर कार्यालयमार्फत न्यानो कपडा संकलन गरी हालै बाढीपहिरोबाट प्रभावित इलामका नागरिकलाई वितरण गरिनेछ। साथै, बैंकले आफ्नै तर्फबाट पनि ज्याकेटलगायतका न्यानो कपडा प्रदान गर्ने घोषणा गरेको छ। यस अभियानको उद्देश्य समाजका विपन्न तथा संकटमा परेका नागरिकमा सहयोग र आत्मीयता जगाउने रहेको बताइएको छ।

त्यसैगरी, वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र सरोकारवाला गरी ३२ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा दीर्घकालीन सेवाप्रति समर्पित कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। बैंकमा पाँच, दश र पन्ध्र वर्ष पूरा गरेका २० जना कर्मचारीलाई प्रशंसा पत्र र सम्मान प्रदान गरिएको थियो। यस कार्यले कर्मचारीहरूमा थप प्रेरणा जगाउने र संस्थाप्रतिको निष्ठा बलियो पार्ने विश्वास बैंकले व्यक्त गरेको छ।

स्थापनाकालदेखि नै “साथ विकासको” भन्ने नाराका साथ अघि बढेको सांग्रिला डेभलपमेन्ट बैंकले आज देशभरका ग्राहकहरूलाई सशक्त वित्तीय सेवामार्फत जोड्न सफल भएको छ। बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा विस्तार गरेको छ। ग्रामीण तथा शहरी दुवै क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउँदै आएको बैंकले डिजिटल बैंकिङ सेवा र ग्राहकमैत्री प्रविधि अपनाएर देशको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याइरहेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ। नियामक निकायका मापदण्ड अनुरूप पारदर्शिता र उत्तरदायित्वका सिद्धान्तमा आधारित भएर सञ्चालन हुँदै आएको बैंकले सेवा विस्तारसँगै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको छ।

विगत दुई दशकको सफल यात्रापछि बैंकले आगामी वर्षहरूलाई अझ बढी प्रभावकारी, जिम्मेवार र प्रविधिमैत्री बनाउन रणनीतिक योजना अघि सारेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, सांग्रिला केवल वित्तीय संस्था मात्र नभई समुदायसँगै सास फेर्ने संस्था हो, जसले प्रत्येक ग्राहक र समुदायसँगको सम्बन्धलाई ‘आफ्नोपन’ र ‘विश्वास’को आधारमा जोड्ने लक्ष्य राखेको छ।

प्रतिकृया