षड्यन्त्रकारी शक्तिहरूको मुखर उपस्थितिका कारण भदौ २३–२४ को घटना भयो : महासचिव पोखरेल
प्रकाशित मिति
२०८२ आश्विन २९ गते, बुधबार १२:३२
असोज २९,२०८२ काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनजस्तो घटना पार्टी प्रयासको तुलनामा षड्यन्त्रकारी शक्तिहरूको मुखर उपस्थितिका कारण भएको बताएका छन्।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै पोखरेलले संकटको पहिचान समयमै गरिए पनि त्यसलाई चिर्न नसक्दा पार्टी र देश दुबैलाई क्षति पुगेको उल्लेख गरे।
“अघिल्लो केन्द्रीय कमिटी बैठकमै देखा परेका समस्याहरू पहिचान गरिए तापनि, समयमै समाधान गर्न नसक्दा आन्दोलन चर्कियो र त्यसले ठूलो असर गर्यो,” उनले भने।
महासचिव पोखरेलले भूमिहीन सुकुम्बासी र युवाहरूमा पार्टीप्रतिको आकर्षण घट्दै गएको निष्कर्ष अघिल्लो बैठकमै निकालिएको पनि स्मरण गराए।
एमालेको तीन दिनसम्म चल्ने बैठकमा भदौको आन्दोलन, संसद विघटन, पार्टीको आगामी रणनीति र मंसिरमा हुने महाधिवेशनसम्बन्धी निर्णयहरू गरिने तयारी छ।








प्रतिकृया