युवाहरूको घेराबन्दीमा बैठकस्थल पुगे ओली
प्रकाशित मिति
२०८२ आश्विन २९ गते, बुधबार १२:२७
असोज २९,२०८२ काठमाडौं- जेन-जी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरको रामबाघ महलमा सुरू भएको छ। बैठक तीन दिनसम्म चल्नेछ।
अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुबाट युवाहरूको समूहसहित कडा सुरक्षा व्यवस्थामाझ बैठकस्थल पुगेका छन्। बैठकमा ओलीले समसामयिक राजनीति, संसद विघटन, जेनजी आन्दोलनलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।
बैठकमा आगामी मंसिरमा महाधिवेशनको मिति र स्थान तोक्ने र त्यसबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा निर्णय गरिने एमालेले जनाएको छ। लोकतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिसँग सहकार्य गर्दै आन्दोलन र जनपरिचालन कार्यक्रम घोषणा गर्ने तयारीसमेत बैठकको एजेन्डामा रहेको छ।
केन्द्रीय सदस्यहरूलाई नामक्रमअनुसार तीन मिनेटको समय दिइने व्यवस्था गरिएको कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन्।








प्रतिकृया