• २० असोज २०८३, मंगलबार
  • १ः२३ दिउँसो

सभामुखको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार १२:०३

असोज २९,२०८२ काठमाडौं- प्रतिनिधिसभा विघटनबारे राय लिन सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ। रास्वपाका नेता सन्तोष परियारले पार्टीको सचिवालय बैठक परेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका छन्।

National Life

रास्वपाले संसद् पुनर्स्थापनाको माग नगर्ने स्पष्ट भइसकेको र अब पार्टी चुनावको तयारीमा केन्द्रित भएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार रास्वपाले आगामी २१ फागुनमा हुने सम्भावित निर्वाचनको तयारीस्वरूप उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बाचा पत्र लेखन समिति गठन गरिसकेको छ।

प्रतिकृया