• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

जेन–जी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार १०:१७

असोज २८,२०८२ काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जेन–जी आन्दोलनपछि पहिलोपटक आज (मंगलबार)देखि सुरु हुँदैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्नेछ।

National Life

बैठकको मुख्य एजेन्डा महाधिवेशन कहिले गर्ने भन्ने रहेको छ। पार्टीभित्र अहिले नियमित महाधिवेशन र विशेष महाधिवेशनबारे बहस चलिरहेको छ।

यसअघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले एजेन्डामा सहमति जुटाउन नसकेपछि आज बिहान ११ बजे फेरि बैठक बोलाइएको छ। सो बैठकले एजेन्डा तय गरेपछि केन्द्रीय समिति बैठक सुरु हुने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, विशेष महाधिवेशन पक्षधर समूहले आजै केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालयमा ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्।

प्रतिकृया